आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई सेवाबाट हटाएको छ ।
आचरण सम्बन्धी विषय पटक पटक उल्लंघन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा दाहाललाई सेवाबाट हटाउने गरी विभागीय कारबाही भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार दाहाललाई यही असोज २३ गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको हो । दाहाल चार वर्षे पदावधिका कारण यही असोज २७ गते अवकाशमा जाँदै हुनुहुन्थ्यो ।
यसअघि इनाम सापकोटा नामक व्यक्तिसँग सुरक्षासँग सम्बन्धित संवेदनशील कुराकानी भएको प्रमाण फेला परेपछि दाहाललाई निलम्बन गरिएको थियो ।