आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - सेयर बजार परिसूचक नेप्से बुधबार ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा आइपुगेको छ । मंगलबार दोहोरो अंकले बढेको सेयर बजार बुधबार नै राताम्मे बनेको हो ।
यस्तै, कारोबार रकम पनि यो दिन अपेक्षित रूपमा बढ्न सकेन । यो दिन लगानीकर्ताले तीन अर्ब ७४ करोडको कारोबार गरेका छन् ।
लगानीकर्ताले सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावरको सेयर किनबेच गरेका छन् । यो कम्पनीको कुल ३२ करोडको सेयर कारोबार भएको हो । यो दिन बैकिङ समूहको उपसूचक ०.११ प्रतिशतले बढ्दा बाँकी सबै समूहको उपसूचक घटेको छ ।
कम्पनीगत रूपमा पनि सर्वाधिक कमाउनेमा घलेम्दी हाइड्रो नै अगाडि छ । यो कम्पनीको ६.२५ प्रतिशतले मूल्य बढेको हो ।
यस दिन सबैभन्दा बढी घट्नेमा म्युचुअल फन्ड छ । जसमा ग्लोबल आइएमई समुन्नत योजनाको ५.२६ प्रतिशतले मूल्य घटेको हो ।