काठमाडौं - बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता ९सिएनसिबिसी० र रिब्डीकोट बुद्व विहार पाल्पाले भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ ।
दुबै संस्थाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री देवी प्रकोप उद्वार कोषमा रकम हस्तान्तरण गरेका हुन् ।
भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्वार, पुनस्थापना तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग भन्दै दुबै संस्थाले बुधबार ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेको प्रमुख स्वकिय सचिव सन्जिव महर्जनले जानकारी दिनुभयो ।
उनकाअनुसार बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरताले २८ लाख ९८ हजार ६७९ रूपैयाँ सहयोग गरेको हो । भुतपूर्व सैनिक कल्याणकारी समिति नेपालका अध्यक्ष होमबहादुर थापा र सिएनसिबिसीका उपाध्यक्ष दलबहादुर बुढाथोकीले मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।
यसैगरी रिब्डीकोट बुद्व विहार पाल्पाले ४० हजार रूपैयाँ सहयोग गरेको छ । विहारका अध्यक्ष हुमबहादुर थापाले मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।