इरान वरपर अमेरिकाले सैन्य उपस्थिति विस्तार गर्यो

इरान वरपर अमेरिकाले सैन्य उपस्थिति विस्तार गर्यो

काठमाडौं – अमेरिकाले इरान वरपर आफ्नो सैन्य उपस्थिति विस्तार गरेको छ। अमेरिकाले दुई हजारभन्दा बढी म्यारिन सैनिक र ‘थियोडोर रुजवेल्ट’ क्यारियर स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख छ। 

अधिकारीका अनुसार विमानवाहक युद्धपोत यूएसएस ‘थियोडोर रुजवेल्ट’ र त्यससँगै रहेका सहयोगी युद्धपोतहरू सान डिएगोबाट मध्यपूर्वतर्फ प्रस्थान गरिसकेका छन्। म्यारिन एक्सपिडिसनरी फोर्स पनि यसै साताको सुरुमा आफ्नो आधार शिविरबाट प्रस्थान गरेको एक उच्च अमेरिकी सैन्य अधिकारीले बताएका छन्। 

अमेरिकाले नोभेम्बरको अन्त्यसम्ममा इरान वरपर तीनवटा विमानवाहक युद्धपोत र दुईवटा एम्फिबियस समूह तैनाथ गर्ने अपेक्षा गरिएको ती अधिकारीले बताए।

मध्यपूर्वमा अमेरिकी सैन्य शक्तिको यो स्तरको केन्द्रिकरणले वासिङ्टनलाई तेहरानसँग सम्भावित टकरावका लागि ‘धेरै विकल्प’ उपलब्ध गराउने ती अधिकारीको भनाइ छ।

खबरपाटी
खबरपाटी