कान्ति लोकपथ एकतर्फी सञ्चालनमा

कान्ति लोकपथ एकतर्फी सञ्चालनमा

काठमाण्डौ – हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ एकतर्फी सञ्चालनमा आएको छ ।

कान्ति लोकपथमा अहिले एकतर्फी गाडी सञ्चालन भइरहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मकवानपुरतर्फको सडकमा कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कान्ति लोकपथ हिजो एकैछिन खुले पनि ललितपुरतर्फ बागमती गाउँपालिका–३ ताकुर्चे (भट्टेडाँडा नजिकै) मा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सुख्खा पहिरो हटाएपछि सडक एकतर्फी खुलेको हो । दुईतर्फी खुलाउने प्रयास भैरहेको अस्थाई ट्राफिक पोष्ट भट्टेडाँडाले जनाएको छ ।

हेटौँडाबाट काठमाण्डौ प्रवेश गर्ने छोटो दुरीको हेटौँडा, कुलेखानी सिस्नेरी, फाखेलका सडक अस्ति सोमबार बिहानदेखि नै सञ्चालनमा आइसकेका छन् ।

खबरपाटी
खबरपाटी