ललितपुरको धापाखेलमा पहिरोले घर ढल्यो

ललितपुरको धापाखेलमा पहिरोले घर ढल्यो

काठमाडौं - ललितपुरमा पहिरोले एउटा घर ढलेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २४ स्थित घर पहिरोले ढालेको हो ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी विज्ञ सिताराम हाछेथुले धापाखेलमा पहिरोमा परी सिंगै घर ढलेको जानकारी दिए ।

पहिरोमा परी ढलेको घर मन्जु कुमारी राईको रहेको हाछेथुले जानकारी दिए । उनका अनुसार धापाखेलस्थित प्रगति टोलमा रहेको राईको साढे ३ तलाको घर पहिरोमा परेको हो ।

सोमबार बिहान ५:३८ बजे पहिरोमा परी घर ढलेको उनले जानकारी दिए ।

खबरपाटी
खबरपाटी