लगातारको वर्षापछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै

लगातारको वर्षापछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै

काठमाडौं – लगातारको वर्षापछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिक बदली रहनेछ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

दिउँसो हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति हिमाली र पहाडी भू–भाग तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

राति हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहे पनि समग्रमा मौसम क्रमिक रूपमा सुधार हुँदै जाने पूर्वानुमान गरिएको छ।

खबरपाटी
खबरपाटी