एसियाली खेलकुदमा आज एथ्लेटिक्स तथा बक्सिङ तर्फ नेपाली खेलाडी प्रतिस्पर्धामा उत्रिँदै

एसियाली खेलकुदमा आज एथ्लेटिक्स तथा बक्सिङ तर्फ नेपाली खेलाडी प्रतिस्पर्धामा उत्रिँदै

काठमाडौं - २०औँ एसियाली खेलकुद अन्तर्गत आज एथलेटिक्सतर्फ नेपालकी सन्तोषी श्रेष्ठ १० हजार मिटरको फाइनल स्पर्धामा मैदान उत्रिँदैछिन्। 

उनको दौड साँझ ६ः४० हुनेछ । सन्तोषीको मुख्य लक्ष्य आफ्नै नाममा रहेको ३४ मिनेट ४७.७७ सेकेन्डको राष्ट्रिय कीर्तिमान सुधार गर्नु हुनेछ। 

आज पदकको बलियो दाबेदार कोही नभए पनि महिला कबड्डी टोली समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकाविरुद्ध मैदान उत्रिँदै ऐतिहासिक पदकको नजिक पुग्ने अवसरमा छ। 

त्यसैगरी, टेबल टेनिस मा संयोग कपाली र रुवीन महर्जनले क्रमशः यमन र मकाउका खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन् भने महिला डबल्समा इभाना थापा र नविता श्रेष्ठको जोडीले सिंगापुरसँग खेल्नेछ। पौडीको पुरुष ५० मिटर बटरफ्लाइमा अविभ प्रधान तथा पुरुष कबड्डीमा टोलीले मलेसियाविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्। 

साथै, बक्सिङको महिला ६५ केजीको प्रारम्भिक चरणमा कुसुम तामाङले चीनकी शु लीसँग प्रतिस्पर्धा गर्नेछिन्। हिजो करातेका तेन्जिङ शेर्पाले कांस्य पदक जितेर नेपालको खाता खोलेका थिए।

 

खबरपाटी
खबरपाटी