सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद राम लामाको माग

सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद राम लामाको माग

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राम लामाले काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधनले देशले एक महान् शिक्षाविद् तथा आधुनिक शिक्षा विकासका दूरदर्शी व्यक्तित्वलाई गुमाएको बताएका छन् ।

बिहीबार (असोज ८) प्रतिनिधिसभा बैठकमा उनले सीटीईभीटीका प्रथम कार्यकारी निर्देशकका रूपमा शर्माले नेपालको प्राविधिक शिक्षाको जग बसालेको स्मरण गरे । 

“काठमाडौं विश्वविद्यालय स्थापना गरी करिब दुई दशकसम्म नेतृत्व गर्दै चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापन तथा अन्य विधाहरूमार्फत गुणस्तरीय शिक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभयो,” उनले भने । 

लामाले दिवंगत शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न पनि माग गरे । “नेपालको प्राविधिक तथा उच्च शिक्षाको विकास र शैक्षिक नीति निर्माणमा उहाँले पुर्‍याउनुभएको ऐतिहासिक योगदानको उच्च सम्मान गर्दै प्रा. डा. सुरेशराज शर्माज्यूलाई राष्ट्रिय विभूति घोषणा गरी राष्ट्रिय सम्मान प्रदान गर्न सम्माननीय सभामुखमार्फत नेपाल सरकारसमक्ष माग गर्दछु,” उनले भने ।

खबरपाटी
खबरपाटी