प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग नेपाल–मलेसिया वैदेशिक रोजगारीकाविषयमा टेलिफोनमार्फत विशेष छलफल गर्नुभएको छ।
आज बिहान भएको कुराकानीका क्रममा प्रधानमन्त्री शाहले मलेसियामा नेपाली श्रमिकले भोग्दै आएकासिन्डिकेट तथा बिचौलिया प्रथाको अन्त्य गरी वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिनुभयो।
प्रधानमन्त्री शाहले सिन्डिकेट र बिचौलियातन्त्रका कारण नेपाली श्रमिक मारमा परेको उल्लेख गर्दै यस्तोप्रवृत्ति आफू र आफ्नो सरकारलाई स्वीकार्य नभएको स्पष्ट पार्नुभयो। उहाँले समस्या दीर्घकालीन रूपमासमाधान गर्न दुवै देशका श्रममन्त्रीबीच प्रत्यक्ष छलफल आवश्यक रहेको बताउँदै मलेसियाका श्रममन्त्रीलाईनेपाली समकक्षीसँग वार्ता गरी आवश्यक कदम चाल्न आग्रह गर्नुभयो।
प्रधानमन्त्री शाहले भन्नुभयो, “हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकहरूलाई मारमा पारेको छ।”
मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि सिन्डिकेट तथा बिचौलिया प्रथाको विरोध गर्दै आफू यस्तो शोषणकारी परिपाटीको विपक्षमा रहेको बताउनुभयो। उहाँले यस विषयमा मलेसियाका श्रममन्त्रीलाई तत्काल नेपाली समकक्षीसँग समन्वय गरी छलफल गर्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
इब्राहिमले समस्याको ठोस निकासका लागि आवश्यक पहल गर्ने बताउँदै भन्नुभयो, “यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्ण विरुद्धमा छु।”
दुई प्रधानमन्त्रीबीचको छलफलले मलेसियामा कार्यरत तथा रोजगारीका लागि जाने नेपाली श्रमिकसँगसम्बन्धित समस्या समाधानका लागि नेपाल र मलेसियाका श्रम मन्त्रालयबीच थप समन्वय र संवादको बाटो खोल्ने अपेक्षा गरिएको छ।