शेयर बजार सामान्य बढ्यो

शेयर बजार सामान्य बढ्यो

काठमाण्डौ - शेयर बजार सामान्य बढेको छ । डाटा सेन्टरमा साइबर आक्रमण भएका कारण हिजो नखुलेको शेयर बजार यो हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से ७.०६ अंकले बढेर २ हजार ६५४.२८ विन्दुमा पुगेको छ । 

आज अन्य समूहमा १.३६ प्रतिशतको वृद्धि भएको छ । बैंक, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बिमा र माइक्रो फाइनान्स समूह सामान्य बढेका छन् । आज १३८ वटा कम्पनीको शेयर बढेकोमा १३० वटाको घटेको छ । यस्तै ११ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । 

आज मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन स्नो रिभर लिमिटेडको शेयर ८ प्रतिशत भन्दा धेरैले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । 

अघिल्लो कारोबार दिन अर्थात गएको शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएकोमा आज ३५६ वटा कम्पनीका दुई करोड १५ लाख कित्ता शेयर सात अर्ब पाँच करोड रुपैयाँमा किनबेच भएको छ । 

खबरपाटी
खबरपाटी