प्रधानमन्त्री शाहले गरे कांग्रेस नेता आङ्देम्बे र शर्मासंग भेट

प्रधानमन्त्री शाहले गरे कांग्रेस नेता आङ्देम्बे र शर्मासंग भेट

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई भेटेका छन्। 

प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आङ्देम्बे र शर्मासँग भेट गरेका हुन्।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफल तथा परामर्शका लागि प्रमुख प्रतिपक्षी दलका नेता तथा पार्टी पदाधिकारीलाई बोलाएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका कांग्रेस उपसभापति शर्माले प्रधानमन्त्रीले नेपालको वास्तविक अवस्था र तथ्यलाई विश्वमञ्चमा स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने बताए।

उनले प्रधानमन्त्रीले सम्पूर्ण नेपालीको ऐक्यबद्धतालाई समेत प्रतिनिधित्व गर्नुपर्ने बताए। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अमेरिकातर्फ प्रस्थान गर्ने छन्।

खबरपाटी
खबरपाटी