रवि लामिछानेद्वारा तेस्रोपटक सर्वदलीय बैठक आह्वान, शीर्ष नेताहरूलाई सहभागी हुन आग्रह

रवि लामिछानेद्वारा तेस्रोपटक सर्वदलीय बैठक आह्वान, शीर्ष नेताहरूलाई सहभागी हुन आग्रह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तेस्रो पटक सर्वदलीय बैठक बोलाएका छन्। आज बस्ने बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूलाई सहभागी हुन आग्रह गरिएको छ।

यसअघि लामिछानेले भदौ १० र १६ गते पनि सर्वदलीय बैठक बोलाएका थिए। भदौ १० गते बसेको पहिलो बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको थियो। 

राहत तथा पुनःस्थापनाका लागि संयुक्त कदम चाल्ने निर्णय गर्दै उक्त बैठकले बाढी प्रभावित जनताको उद्धार र व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो।

भोटेकोशीमा आएको अप्रत्याशित र विनाशकारी बाढी–पहिरोलगत्तै भदौ १६ गते दोस्रो सर्वदलीय बैठक बसेको थियो। दोस्रो तहका नेताहरू सहभागी भएको उक्त बैठकबाट नेपालमा विपद्को दिगो समाधान र पूर्वतयारीका सम्बन्धमा १० बुँदे साझा सङ्कल्प पारित भएको थियो।

खबरपाटी
खबरपाटी