आज दुई संसदीय समितिको बैठक, पर्यटन विधेयक र सडक निर्माणमा छलफल

आज दुई संसदीय समितिको बैठक, पर्यटन विधेयक र सडक निर्माणमा छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल’ गर्ने कार्यक्रम छ । 

बिहान १०ः३० बजे बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवसहित विज्ञका रूपमा प्रचण्डमान श्रेष्ठ, दीपकराज जोशी, बलसागर गिरी र धनेन्द्र श्रेष्ठलाई बोलाइएको छ । 

पूर्वाधार विकास समितिको बैठकमा विद्युत्को वितरण लाइन, विद्युत्का पोलहरू व्यवसथापन नभएका कारण सडक निर्माणमा भएको ढिलाइका विषयमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान १० बजे बस्नेछ । 

खबरपाटी
खबरपाटी