मधेसको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री शाहले थाले राजनीतिक परामर्श

मधेसको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री शाहले थाले राजनीतिक परामर्श

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफल सुनसरीलगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे केन्द्रित छ ।

छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समीम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत नेता सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

खबरपाटी
खबरपाटी