मन्त्री चौधरी र विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशककाबिच शिष्टाचार भेट

मन्त्री चौधरी र विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशककाबिच शिष्टाचार भेट

काठमाडौं - कृषि, वन तथा पर्यावरण  मन्त्री माननीय गिता चौधरी र नेपालस्थित विश्व खाद्य कार्यक्रम (WFP) का प्रतिनिधि तथा राष्ट्रिय निर्देशक  रियाज लोधी बीच आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको हो ।
भेटका क्रममा मन्त्री चौधरीले नेपालको खाद्य सुरक्षा, पोषण, कृषि विकास, वातावरण संरक्षण तथा विपद् पूर्वतयारीका क्षेत्रमा विश्व खाद्य कार्यक्रमले पुर्‍याउँदै आएको निरन्तर सहयोग र साझेदारीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले नेपाल सरकार र WFP बीचको सहकार्यलाई अझ परिणाममुखी बनाउँदै साझा प्राथमिकताहरूलाई कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो।
नेपालका सातै प्रदेशका स्थानीय तहसँग सहकार्य गर्दै प्राङ्गारिक कृषिको प्रवर्द्धन र विस्तारका लागि छलफल गर्ने विषयम पनि छलफल भएको छ । 
उहाँले नेपालको खाद्य सुरक्षा, पोषण, कृषि विकास तथा विपद् व्यवस्थापनमा WFP ले पुर्‍याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गर्दै आगामी दिनमा कृषि रूपान्तरण, खाद्य सुरक्षा र जलवायु–उत्थानशील विकासमा साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।

खबरपाटी
खबरपाटी