आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ।
कर्फ्यू जारी रहँदा प्रदर्शनका क्रममा गोली लागेर गणेश यादवको मृत्यु भएको हो।
मृतक यादव सिराहाको मिर्चैयास्थित तुलसीपुरका भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालले जानकारी दिए।
प्रदर्शनकारीले प्रहरीले गोली चलाएको दाबी गरेका छन् भने प्रहरीले भने गोली नचलाएको दाबी गरेको छ।प्रदर्शनकारीले मृतकलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन्। उनीहरूले सुरक्षाकर्मीलाई शव उठाउन दिएका छैनन्।
प्रहरीले हवाई फायर र टियर ग्यास मात्रै प्रयोग गरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए।
प्रहरीका अनुसार प्रदर्शनका क्रममा एकजना घाइते भएका छन्।