सुन तोलामा ६ सय रुपैयाँ बढेर दुई लाख ८८ हजार रुपैयाँ पुग्यो

सुन तोलामा ६ सय रुपैयाँ बढेर दुई लाख ८८ हजार रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । छापावाल सुन तोलामा ६०० रुपैयाँ बढेर दुई लाख ८८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ४७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।

खबरपाटी
खबरपाटी