भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि मानवीय सङ्कट थप गहिरिदै

भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि मानवीय सङ्कट थप गहिरिदै

भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि मानवीय सङ्कट थप गहिरिएको छ । राष्ट्रसङ्घीय सहायता एजेन्सीहरूले हजारौं मानिस घरबारविहीन भएको र उद्धार, राहत तथा पुनःस्थापनाको काम तीव्र रूपमा अघि बढिरहेको बताएका छन् ।

राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसीआर) का अनुसार अहिलेसम्म कम्तिमा २३ सय जनाको ज्यान गएको छ भने ११ हजारभन्दा बढी घाइते भएका  छन्  । उद्धारकर्मीहरूले हालसम्म ६ हजार ४ सयभन्दा बढी मानिसलाई जीवित उद्धार गरेका छन् ।

भूकम्प गएको झण्डै आठ दिनपछि पनि मानिसहरु जीवित भेटिने आशा कायमै छ  । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले तीन महिनाका लागि १ लाख मानिसलाई पुग्ने राहत सामग्री तयारी अवस्थामा राखेको छ भने युएनएचसीआरले विस्थापित परिवारका लागि अस्थायी आश्रयको व्यवस्था गरिरहेको छ ।

सबैभन्दा बढी प्रभावित समुदायका तत्कालीन आवश्यकता पहिचान गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ । राष्ट्रसङ्घका अनुसार भूकम्पका कारण अस्पताल, ४ सय भन्दा बढी विद्यालय, खानेपानी सञ्जालका संरचना तथा एक हजारभन्दा बढी भवन क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएका छन् ।

अस्थायी शिविरमा बसोबास गरिरहेका प्रभावित नागरिकबीच सरुवा रोग तथा अन्य स्वास्थ्य समस्या फैलिन सक्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।

खबरपाटी
खबरपाटी