इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिकबारे छिट्टै निर्णय हुन्छ : मन्त्री पोखरेल

इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिकबारे छिट्टै निर्णय हुन्छ : मन्त्री पोखरेल

काठमाडौं - शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले इसिडी शिक्षक र विद्यालय कर्मचारीको न्यूनतम पारिश्रमिकको विषयमा छिटो नै निर्णय लिने बताएका छन्।

आज (बिहिबार) विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो जानकारी दिएका हुन्। उनले भने,‘इसिडि शिक्षक र कर्मचारीको न्यूनतम पारिश्रमिक वृद्धिको लागि अर्थ मन्त्रालयसँग समन्वय गरि याथोचित निर्णय लिइने छ।’सरकारले अन्य कर्मचारीहरुको तलब बढाएपनि इसिडि शिक्षक र विद्यालय कर्मचारीहरुको तलब वृद्धि नगरेको भन्दै यतिखेर उनीहरु विरोध गर्दै आएका छन्।

खबरपाटी
खबरपाटी