राप्रपाको कार्य सम्पादन समिति बैठक बस्दै

राप्रपाको कार्य सम्पादन समिति बैठक बस्दै

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्य सम्पादन समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरु भएको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ । 
 
शुक्रबार र शनिबार दुई दिन केन्द्रीय समिति बैठक बस्ने श्रेष्ठले बताए । राप्रपामा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही दिनअघि मात्रै महामन्त्री रहेका धवलशमशेर राणाले पार्टी परित्याग गरेका थिए । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग एकता घोषणा गरिसकेका छन् । 

एकतापछि हुने संरचनागत जिम्मेवारीलगायत विषयमा दुवैपक्ष छलफलमा जुटेका छन् ।

खबरपाटी
खबरपाटी