Blackview ले नेपाली बजारमा ल्यायो World-First IP69K Waterproof  5G AI Tablet

के तपाईंको ट्याब्लेट पानीमा डुब्छ? Blackview MEGA 12 डुब्दैन......

Blackview ले नेपाली बजारमा ल्यायो World-First IP69K Waterproof  5G AI Tablet

काठमाडौं चिनियाँ डिभाइस निर्माता कम्पनी Blackview ले आफ्नो नवीनतम ट्याब्लेट MEGA 12 नेपाली बजारमा आधिकारिक रूपमा ल्याएको छ। यो ट्याब्लेट संसारकै पहिलो IP69K Fully Waterproof 5G AI Tablet भएको दाबी गरिएको छ, जसले नेपालको ट्याब्लेट बजारमा एउटा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा राखिएको छ।

नेपालभर Blackview का अधिकृत डिलरहरूमार्फत यस ट्याब्लेटको बिक्री सुरु भइरहेकेा छ । हाल बजारमा उपलब्ध 12GB RAM + 256GB RAM भेरियन्टको मूल्य रु. ५९,९९९ तोकिएको छ भने उच्च क्षमताको 16GB + 512GB भेरियन्ट चाँडै नेपाली बजारमा आउने जानकारी कम्पनीले दिएको छ।

यस ट्याब्लेटसँगै Magcover Keyboard, Mouse, Stylus Pen, Type-C Earphones, Tempered Glass Film, 55W Fast Charger र Data Cable गरी रु. १५,००० भन्दा बढी मूल्य बराबरका Accessories प्राप्त हुन्छन् । जसले यसलाई नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा Value-for-Money ट्याब्लेट Package बनाउँछ।

बजारमा किन चर्चा छ?

MEGA 12 को सबैभन्दा ठूलो विशेषता भनेको यसको IP69K Waterproof Rating हो एउटा यस्तो प्रमाणीकरण जुन अहिलेसम्म कुनै पनि 5G Tablet ले हासिल गरेको थिएन। यसको अर्थ यो ट्याब्लेट उच्च दबाबको पानी, धूलो र कठिन वातावरणमा पनि निर्बाध काम गर्न सक्षम छ। निर्माण स्थल, अनुसन्धान क्षेत्र र बाहिरी काम गर्ने पेशेवरहरूका लागि यो एउटा महत्त्वपूर्ण उत्पादन मानिएको छ।

12.2-inch को QFHD+ IPS स्क्रिन, 120Hz Refresh Rate MediaTek Dimensity 7200 Processor सहितको यो ट्याब्लेटमा 10,000mAh को ब्याट्री र 55W Fast Charging को सुविधा पनि छ।

Blackview Nepal का Managing Director Mr. Nikunj Lath ले यस अवसरमा भने,

"Blackview MEGA 12 नेपालको ट्याब्लेट बजारमा एउटा Game-changer हो। यो केवल एउटा ट्याब्लेट मात्र होइन । यो तपाईंको Office, Entertainment Hub Rugged Field Device सबै एकसाथ हो। IP69K Waterproof 5G Capability भएको यो ट्याब्लेट नेपाली उपभोक्ताहरूका लागि विश्वस्तरीय अनुभव लिन सक्ने एउटा सुनौलो अवसर हो।"

विवरण

12GB + 256GB

16GB + 512GB

Display

12.2" QFHD+ IPS, 120Hz

12.2" QFHD+ IPS, 120Hz

Resolution

1600×2400, 174.8 PPI

1600×2400, 174.8 PPI

Processor

MediaTek Dimensity 7200

MediaTek Dimensity 7200

RAM

12GB LPDDR5 (up to 24GB)

16GB LPDDR5 (up to 32GB)

Storage

256GB UFS 3.1

512GB UFS 3.1

Expandable Storage

2TB TF Card

2TB TF Card

Battery

10,000mAh, 55W Fast Charge

10,000mAh, 55W Fast Charge

OS

Android 16 (DokeOS_P 5.0)

Android 16 (DokeOS_P 5.0)

5G

Yes

Yes

WiFi

WiFi 6E

WiFi 6E

Bluetooth

BT 5.3

BT 5.3

Rear Camera

50MP (AF, F1.8)

50MP (AF, F1.8)

Front Camera

13MP

13MP

Speaker

4× Box Speakers

4× Box Speakers

NFC

Yes

Yes

Fingerprint

Yes

Yes

SIM Slots

Dual SIM (Nano + Nano/TF)

Dual SIM (Nano + Nano/TF)

GPS

L1/L5, GPS/GLONASS/Beidou/Galileo

L1/L5, GPS/GLONASS/Beidou/Galileo

Dimension

280.2×194.2×8.2mm

280.2×194.2×8.2mm

Weight

TBD

690g

Color

Space Grey, Flash Gold

Space Grey, Flash Gold

 

नेपालमा ट्याब्लेट बजार क्रमशः विस्तार भइरहेको सन्दर्भमा Blackview MEGA 12 को प्रवेश उल्लेखनीय मानिन्छ। Samsung, Xiaomi Lenovo जस्ता ब्रान्डहरूको वर्चस्व रहेको यस बजारमा Blackview ले Rugged Durability High-end Features को संयोजनबाट आफ्नो अलग पहिचान बनाउन खोजेको स्पष्ट देखिन्छ। रु. ५९,९९९ को मूल्यबिन्दु प्रतिस्पर्धात्मक रहेको विश्लेषकहरू बताउँछन्।

कहाँ पाइन्छ ? 

Blackview MEGA 12 नेपालभर Blackview का अधिकृत पसलहरुमा उपलब्ध छ।  Online खरिदका लागि Blackview को आधिकारिक वेबसाइट तथा Daraz Nepal मा पनि उपलब्ध छ,  जहाँ हाल यो ट्याब्लेट सबैभन्दा बढी बिक्री भइरहेको छ।

खबरपाटी
खबरपाटी