भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५ सय  नेपालीको उद्धार

भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५ सय  नेपालीको उद्धार

काठमाडौं – भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५००  नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ । 

गएराति भारतीय प्रहरीको सहयोगमा कुशीनगरमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोली भारत गएर उनीहरूको उद्धार गरेको हो ।

सुनौली नाकामार्फत उनीहरूलाई अहिले नेपाल ल्याइँदै छ ।

रुपन्देही प्रहरीकाअनुसार विभिन्न प्रलोभन देखाएर उनीहरूलाई नेपालबाट भारत पुर्‍याएर बन्दक बनाइएको थियो ।
 

खबरपाटी
खबरपाटी