निर्वाचन परिणामप्रति माधव नेपालको आशंका, रास्वपाको सफलतालाई ‘सुनामी’को संज्ञा

निर्वाचन परिणामप्रति माधव नेपालको आशंका, रास्वपाको सफलतालाई ‘सुनामी’को संज्ञा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामप्रति आंशका व्यक्त गरेका छन्। शनिवार काठमाडौंमा अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको दुई तिहाइ निजक सिटलाई सुनामीको संज्ञा दिए। 
यसको पछाडिका कारणहरु अहिले खोजी भइरहेको नेपालको भनाइ छ। गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा सेनाको भूमिका कस्तो रह्यो रु सरकारको भूमिका कस्तो रह्यो रु निर्वाचन आयोगको भूमिका कस्तो रह्यो रु मतपत्रको अवस्था कस्तो रह्यो रु यी सबै कुराहरु एक दिन स्पष्ट हुने उनको विश्वास छ। 
ुयो एउटा सुनामी आयो, यो सुनामी मात्रै हो। यसका पछाडिका कारणहरुको खोजी पनि भइरहेको छ। बेला–बखतमा सुन्ने गर्छौं, पोल खोल्दिन्छु भन्दैछन् त्यहीँ भित्रका मान्छेलेु, उनले भने, ुसेनाको भूमिका कस्तो रह्यो रु सरकारको भूमिका कस्तो रह्यो रु निर्वाचन आयोगको भूमिका कस्तो रह्यो रु मतपत्रको अवस्था कस्तो रह्यो रु यी सबै कुराहरु पनि एक न एक दिन खुल्दै जाने पनि छ।’नेता नेपालले वि।सं। २०४७ सालको संविधान निर्माणदेखि नै महिला र दलितको विशेष उपस्थितिलाई अनिवार्य गराउन आफूहरूले पहल गरेको उल्लेख गरे। पछिल्लो निर्वाचन परिणामलाई एक अस्थायी ‘सुनामी’ को संज्ञा दिँदै उनले आफ्ना कार्यकर्ताहरूलाई विचलित नहुन आग्रह गरे। 
नेपालले विपक्षीहरू आक्रामक देखिँदैमा आफ्ना साथीहरू टाउको लुकाएर भाग्नुपर्ने वा रक्षात्मक हुनुपर्ने स्थिति नरहेको बताए। उनले अहिले निर्वाचित भएका नयाँ दलका प्रतिनिधिहरूलाई लक्षित गर्दै उनीहरूलाई मुलुकको परिवर्तन र अधिकार प्राप्तिको इतिहासबारे जानकारी नभएको टिप्पणी गरे। 

खबरपाटी
खबरपाटी