नेपाल टेलिकमको ३४ प्रतिशत शेयर जनस्तरमा बिक्री गर्ने

नेपाल टेलिकमको ३४ प्रतिशत शेयर जनस्तरमा बिक्री गर्ने

काठमाडौँ – सरकारले नेपाल टेलिकमको ३४ प्रतिशत शेयर जनस्तरमा बिक्री गर्ने भएको छ।

६६ प्रतिशत शेयर संघीय सरकारअन्तर्गत राखेर बाँकी शेयर बिक्री गरी त्यसबाट आएको रकम नेपाललाई ‘टेकहब’ बनाउन उपयोग गरिने छ। 

शुक्रवार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यसबारे जानकारी गराएका हुन्।

सूचना प्रविधि पूर्वधार विस्तारमा सकारको अर्जुनदृष्टि रहेको पनि मन्त्री वाग्लेले बताए। उनले सूचना प्रविधि सेवा क्षेत्र विस्तारका विदेशमा लगानी गर्ने व्यवस्था पनि खुला गरिने बताएका छन्। 

खबरपाटी
खबरपाटी