राखेपले नेपाल क्रिकेट संघ क्यानका प्रवक्तासमेत रहेका सदस्य छुम्बी लामालाई फिर्ता बोलायो

राखेपले नेपाल क्रिकेट संघ क्यानका प्रवक्तासमेत रहेका सदस्य छुम्बी लामालाई फिर्ता बोलायो

काठमाडौं - राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल क्रिकेट संघ क्यानका प्रवक्तासमेत रहेका सदस्य छुम्बी लामालाई फिर्ता बोलाएको छ।

क्यानको विधानअनुसार २०८० चैतमा सदस्य मनोनीत गरी पठाएकोमा राखेपले सोमबार पत्र पठाउँदै लामालाई फिर्ता बोलाएको हो।

नेपाल क्रिकेट संघको विधान २०५५ को परिच्छेद २ को दफा ३ उपदफा (४) मा राखेपबाट संघको पदेन सदस्यमा पदमा मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार लामालाई २ वर्षअघि क्यानको सदस्य मनोनीत गरिएको थियो।

राखेपबाट मनोनीत भएका लामालाई आफुनिकट हुँदा सचिव पारस खड्काले प्रवक्ताको जिम्मेवारीसमेत सुम्पिएका थिए।
 

खबरपाटी
खबरपाटी