सम्भावित सम्झौताबारे इरान र अमेरिकाको फरक फरक व्याख्या

गत अप्रिलमा अमेरिका र इरानी प्रतिनिधिमण्डलबीच ऐतिहासिक साक्षात्कारमा मध्यस्थता गरेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ‘चाँडै नै अर्को चरणको वार्ता’ आयोजना गर्ने आशा गरेको बताएका छन्।

सम्भावित सम्झौताबारे इरान र अमेरिकाको फरक फरक व्याख्या

संयुक्त राज्य अमेरिका र इरान मध्यपूर्वमा फैलिएको र विश्व तेल बजारमा अवरोध पुर्याउने युद्धको अन्त्य गर्ने सम्झौताको नजिक देखिएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विश्वले केही राम्रो समाचार प्राप्त गर्न सक्ने बताए लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्ने सम्झौता भएको घोषणा गरेका छन्।

ट्रम्पको घोषणा अघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले वाशिङ्गटनसँग ‘मेलमिलापको श्रङ्खला’ को सम्भावना रहेको तर यसको मतलब इरान र संयुक्त राज्य अमेरिकासँग महत्त्वपूर्ण मुद्दाहरूमा एक सम्झौतामा पुग्ने निश्चित भएको भन्ने अझै होइन।

उनले सरकारी टेलिभिजनमा ३० देखि ६० दिनभित्र अन्तिम सम्झौता हुनुअघि इरानको ‘सबैभन्दा पहिले समझदारी पत्र, एक प्रकारकोे मस्यौदा तयार पार्ने मनसाय रहेको बताए।

अमेरिकी राष्ट्रपति ट्रम्पसँग साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, इजिप्ट, जोर्डन र बहराइनका नेताहरूका साथै टर्की र पाकिस्तानका प्रतिनिधिले शनिबार कुराकानी गरेका थिए।

गत अप्रिलमा अमेरिका र इरानी प्रतिनिधिमण्डलबीच ऐतिहासिक साक्षात्कारमा मध्यस्थता गरेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ‘चाँडै नै अर्को चरणको वार्ता’ आयोजना गर्ने आशा गरेको बताएका छन्।

खबरपाटी
खबरपाटी