प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा : रास्वपा १२४ सिट जित्दै पहिलो स्थानमा

प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा : रास्वपा १२४ सिट जित्दै पहिलो स्थानमा

काठमाडौं - प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।

अब ४ सिटको मात्रै नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको हो । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेले १(१ सिटमा अग्रता बनाइरहेका छन् । रास्वपाले गोरखा(१ मा, नेपाली कांग्रेसले इलाम(१ मा तथा नेकपा एमालेले सङ्खुवासभा(१ मा अग्रता बनाइरहेको छ । धनुषा(१ को भने मतपरिणाम हाल सार्वजनिक नगर्ने निर्वाचन आयोगले निर्णय गरेको हो ।

हालसम्म रास्वपाले सर्वाधिक १ सय २४ सिट जितिसकेको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले १७ र तेस्रो स्थानमा रहेको एमालेले ८ सिट जितेको हुन् । नेपाली कम्युनिस्ट फार्टी ७ सिटसहति चौथो स्थानमा रहेको छ ।

श्रम संस्कृति पार्टीले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको हो । १ जना स्वतन्त्र उम्मेदवार विजयी भएको आयोगले जनाएको छ ।

खबरपाटी
खबरपाटी