मतदान सकिएलगत्तै निर्वाचन आयोगले साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने

मतदान सकिएलगत्तै निर्वाचन आयोगले साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने

काठमाडौँ  – निर्वाचन आयोगले मतदान सकिएलगत्तै साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा पत्रकार सम्मेलन गरी अद्यावधिक विवरण जानकारी गराउने बताए। ‘मतदान सम्बन्धी अद्यावधिक जानकारी दिन आज बिहीबार साँझ ६ः१५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’, प्रवक्ता भट्टराईले सूचना जारी गर्दै भनेका छन् । 
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहान ७ बजेदेखि मतदान जारी छ। मतदानको समय अपराह्न ५ बजेसम्मको समय तय भएको छ

खबरपाटी
खबरपाटी