रौतहट क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका किरण साहले पार्टी परित्याग गरे

रौतहट क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका किरण साहले पार्टी परित्याग गरे

रौतहट - नेपाली कम्युनिस्ट पार्टीबाट रौतहट क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका किरण साहले पार्टी परित्याग गरेका छन्। 

साहले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गर्दै मुस्लिम बाहुल्यता रहेको उक्त निर्वाचन क्षेत्रमा रहेका सबै मतदान केन्द्रमा खटिएका आफ्ना पोलिङ एजेन्टहरूलाई समेत बाहिरिन निर्देशन दिएका छन्।

फेसबुकमार्फत सार्वजनिक सन्देशमा उनले पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टी छोड्ने निर्णय गरेको बताएका छन्। उनले पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै आफूलाई आवश्यक सुरक्षा दिन नसकेको भन्दै पार्टीबाट बाहिरिने निर्णय गरेको उल्लेख गरेका छन्।

उनको यस निर्णयले रौतहट क्षेत्र नम्बर २ को राजनीतिक गतिविधिमा नयाँ चर्चा र प्रभाव पार्ने अनुमान गरिएको छ।

खबरपाटी
खबरपाटी