देशप्रेम र समकालीन प्रविधिको समिश्रण बोकेको नयाँ गीत ‘Sambaad’ सार्वजनिक

देशप्रेम र समकालीन प्रविधिको समिश्रण बोकेको नयाँ गीत ‘Sambaad’ सार्वजनिक

देशप्रेम र समकालीन प्रविधिको समिश्रण बोकेको नयाँ गीत ‘Sambaad’ सार्वजनिक भएको छ। गायक तथा सर्जक Kavya ले लेखन, संगीत संयोजन र स्वर दिएका यस देशभक्तिपूर्ण गीत हाल YouTube सहित सबै प्रमुख डिजिटल संगीत प्लेटफर्महरूमा उपलब्ध छ।

‘Sambaad’ ले देश, माटो र पहिचानप्रतिको भावनालाई समेट्दै श्रोतालाई आत्ममन्थन गर्न प्रेरित गर्छ। गीतका शब्द, संगीत र प्रस्तुति स्वयं कव्याको सिर्जना हुन्। परम्परागत र आधुनिक संगीतको संयोजनले गीतलाई थप प्रभावशाली बनाएको छ। विशेषगरी सारंगीमा धर्मराज गन्धर्वाको मधुर धुनले मौलिक नेपालीपन झल्काएको छ भने गिटारमा स्वयं कव्याको साथले भावनात्मक गहिराइ थपेको छ।

यस गीतको अर्को विशेषता यसको दृश्य प्रस्तुतिमा देखिन्छ। कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिको प्रयोग गरी तयार गरिएका तस्बिरहरूलाई पेशेवर सम्पादनमार्फत जीवन्त बनाइएको छ। दृश्य सम्पादन Dheeraj Adhikari (ओल्ड मास्टर) ले गरेका हुन्, जसले एआईबाट उत्पन्न दृश्यहरूलाई कलात्मक ढंगले संयोजन गरी गीतको सन्देशलाई अझ प्रभावकारी बनाएका छन्। दृश्य निर्माण क्रेसन्ट स्टुडियोमा सम्पन्न भएको हो।

परियोजनाको निर्माण मोहक श्रेष्ठ र सन्देश केसीले गरेका हुन् भने निर्माण कार्य मोक्स स्टुडियोमा सम्पन्न भएको जानकारी दिइएको छ। गीतको अवधारणा पनि स्वयं कव्याले तयार पारेका हुन्, जसले सिंगो परियोजनालाई एकीकृत दृष्टिकोण प्रदान गरेको छ।

‘Sambaad’ ले परम्परा र प्रविधिबीचको संवाद प्रस्तुत गर्दै नेपाली संगीत क्षेत्रमा नयाँ प्रयोगको संकेत गरेको छ। देशभक्तिपूर्ण भावनालाई आधुनिक दृश्य–श्रव्य शैलीमा प्रस्तुत गरिएको यो गीतले दर्शक तथा श्रोतालाई सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।

खबरपाटी
खबरपाटी