ओलीको स्टाटसमा बालेनको कमेन्ट- आफूलाई देश जलाउनेको रूपमा स्वीकारेकोमा ठिकै छ

ओलीको स्टाटसमा बालेनको कमेन्ट- आफूलाई देश जलाउनेको रूपमा स्वीकारेकोमा ठिकै छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् ।

ओलीले आइतबार बिहान आफू डिबेटका लागि तयार रहेको भन्दै यो चुनावमा देश जलाउने र देश बनाउने पक्षबीच प्रतिस्पर्धा हुने टिप्पणी गरेका थिए । ओलीको सोही पोस्टमा जवाफ फर्काउँदै बालेनले लेखेका छन्, " आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ ।"

भदौ २३ गतेको जेनजी आन्दोलनमा चरम दमन भएको भन्दै बालेनले त्यसलाई लुकाउन २४ गते जलाइएको उल्ल्ख गरेका छन् । "तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गत्ते जलाएको हो," बालेनले लेखेका छन्, "आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ?? त्योपछि अरू कुरा गरौँला !"

बालेनले आफू ओलीसँग एउटै मञ्जमा नउभिने पनि बताएका छन् ।

खबरपाटी
खबरपाटी