चिन्नास्वामी रङ्गशालाले भविष्यमा आईपीएल र अन्तर्राष्ट्रिय खेल आयोजना गर्न अनुमति पायो

चिन्नास्वामी रङ्गशालाले भविष्यमा आईपीएल र अन्तर्राष्ट्रिय खेल आयोजना गर्न अनुमति पायो

काठमाण्डौ – भारतको बेङ्गलुरुमा रहेको चिन्नास्वामी रङ्गशालाले भविष्यमा इन्डियन प्रिमियर लिग (आईपीएल) र अन्तर्राष्ट्रिय खेल आयोजना गर्न अनुमति पाएको छ ।
महिनौँको अनिश्चिततापछि सरकारले चिन्नास्वामी रङ्गशालालाई आईपीएल र अन्तर्राष्ट्रिय खेलहरू आयोजना गर्न अनुमति दिएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।
रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले पहिलो पटक आईपीएल उपाधि जितेपछि गएको जुन ११ रङ्गशाला बाहिर भएको विजयी उत्सवका क्रममा भागदौड हुँदा ११ जनाको ज्यान गएको थियो ।
कर्नाटक राज्य क्रिकेट सङ्घ ९केएससीए० ले त्यस बेलादेखि यस्ता घटनाहरू रोक्ने उपायहरूमा काम गरिरहेको र हिजो गृह मन्त्रालयको स्वीकृति प्राप्त गरेको खबरमा उल्लेख छ । यसअनुसार चिन्नास्वामी रङ्गशालाले सरकार र सम्बन्धित अधिकारीहरूले तोकेका विशेष नियम र शर्तहरूको पालनाको अधीनमा रहेर खेलहरू आयोजना गर्नेछ ।
यद्यपि यस वर्ष आरसीबीका खेलहरू चिन्नास्वामी रङ्गशालामा आयोजना हुनेछन् कि हुने छैनन् भन्ने कुरा अझै पुष्टि भएको छैन ।
गएको जुन ४ मा आरसीबीले आईपीएल उपाधि जितेपछि भएको भागदौडयता चिन्नास्वामी रङ्गशालामा कुनै पनि उच्च स्तरको क्रिकेट आयोजना भएको छैन ।

खबरपाटी
खबरपाटी