काठमाडौँ – कलाकार आसिफ साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत् उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन्।र्दै जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिलाई पनि नाम फिर्ता लिन आग्रह गरेका छन् ।
‘यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु’, उनले लेखेका छन्, ‘साथै, जनता र पार्टीका साथीहरूको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु ।’
उनले आफू काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फको उम्मेदवार बन्ने पनि जनाएका छन्। ‘प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ—उठ्ने नै हो। हामी काठमाडौँ–५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौँ’, उनले लेकेका छन्, ‘देशभन्दा ठूलो केही हुँदैन।’