फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं - नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतीय हर्शल जयन्त पाठकलाई नियुक्त गरेको छ।
क्यानले आज पाठकलाई प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ। यसअघि उनी थाइल्यान्ड महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकको रूपमा काम गरेका थिए।
नेपाली महिला राष्ट्रिय क्रिकेट टिम हाल आइसिसी वुमन्स टी–२० विश्व छनोटको तयारीमा छ। त्यसका लागि नेपाली टोलीले बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेको छ।
छनोट आगामी जनावरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौंमा सञ्चालन हुँदैछ।