यु–१९ एसिया कपमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित

यु–१९ एसिया कपमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित

काठमाडौं - एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ। 

दुबईको द सेभेन्स रङ्गशाला भएको खेलमा नेपालले श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको थियो।  श्रीलङ्काले १४ दशमलव ५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८।५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटिएको थियो।

समूह ‘बी’ मा रहेको नेपालले आगामी सोमबार बङ्गलादेशसँग खेल्नेछ। यही मङ्सिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन्।  

खबरपाटी
खबरपाटी