कांग्रेस सभापति देउवाले आज पनि नेताहरूसँग छलफल गर्ने, संस्थापन पक्षका नेताहरूको छलफल पनि जारी रहने

कांग्रेस सभापति देउवाले आज पनि नेताहरूसँग छलफल गर्ने, संस्थापन पक्षका नेताहरूको छलफल पनि जारी रहने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरूसँगको छलफललाई आज पनि निरन्तरता दिने भएका छन् । देउवालेनिवासमा संस्थापन इतर समूहका नेता शेखर कोइरालासहितका शीर्ष नेताहरूको बैठक राखेको एक नेताले जानकारी दिए ।

आज दिउँसो १ बजे देउवानिवास महाराजगञ्जमा हुने छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौला, डा. शेखर कोइराला र रमेश लेखकको सहभागिता निरन्तर रहने जनाइएको छ ।

त्यस्तै, संस्थापन समूहका केन्द्रीय सदस्यहरूको भेला पनि आज जारी रहने भएको छ । आगामी प्रतिनिधिसभाको चुनावपछि मात्र पार्टीको १५औँ महाधिवेशन हुनुपर्छ भनेर वकालत गर्दै आइरहेका उनीहरूको भेला सनराइज क्याफे एन्ड ब्याक्वेटमा हुनेछ ।

खबरपाटी
खबरपाटी