आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको अल्टिच्युट एयरका क्याप्टेन विवेक खड्कालाई स्वास्थ्य जाँचका लागि काठमाडौं ल्याइने तयारी भएको छ ।
दुर्घटनापछि उनको अवस्था सामान्य रहेको लुक्का पर्यटन व्यवसायी नुर्बु शेर्पाले जानकारी दिए । ‘उहाँको शरीरको बाहिरी भागमा सामान्य चोट छ, अहिले आत्तिनुपर्ने केही छैन’, शेर्पाले भने ।
शेर्पाका अनुसार क्याप्टेन खड्कालाई स्वास्थ्य जाँचका लागि लुक्लाबाट हेलिकोप्टरमार्फत रामेछाप विमानस्थल ल्याइने र त्यहाँबाट नियमित जहाजमार्फत काठमाडौं ल्याइनेछ ।
क्याप्टेन खड्का पर्यटक उद्दारका लागि ९ एन एएमएसको हेलिकोप्टर लिएर आज बिहान लोबुचे पुगेका थिए ।