मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदै

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदै

काठमाडौँ – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने प्रदेश सभा सचिवालयले जनाएको छ। 

भदौ २३ र २४ गतेको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री राजीनामा घोषणा गरेका सिंहले परिस्थिति सामान्य भएपछि पद छाड्न मानेनन्। त्यसपछि भदौ ३१ गते उनीँ आबद्ध दल जनमत पार्टीले नै मधेश प्रदेश सभामा सभामुखलाई सम्बोधन गरेर मुख्यमन्त्री तथा मन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो। 

त्यही दिनदेखि गणना गरेर ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता मुख्यमन्त्री सिंहलाई परेको हो । सोमबार लोकतान्त्रिक समाजवादीका मन्त्रीले राजीनामा दिएसँगै सिंह एक्लिएका छन्। सत्तागठबन्धनमा रहेका कांग्रेस र एमालेले समेत यसअघि नै समर्थन फिर्ता लिइसकेका छन् । योसँगै अब नयाँ सरकार गठनको प्रकृया शुरु हुनेछ। 

कांग्रेस, एमाले र जनमतले कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउनेगरी दाबी पेश गर्ने तयारी गरेका छन् । 

खबरपाटी
खबरपाटी