कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबारसम्मका लागि सारियो

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबारसम्मका लागि सारियो

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबारसम्मका लागि सारिएको छ।

सोही बैठक सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको थियो । तर बैठकमा पेश गर्ने एजेन्डामा सहमति नजुटेपछि बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। गत बुधबार र बिहीबार शीर्ष नेताहरूको बैठक यता लगातार बसिरहेको कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेन्डाका विषयमा सहमति जुट्न सकिरहेको छैन ।

आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठक मंगलबार दिउँसो एक बजेका लागि सारिएको हो। त्यो बैठक भने यथावत रहेको मुख्यसचिव पौडेलको भनाइ छ। नियमित महाधिवेशन मंसिरभित्रै हुनुपर्ने र हुन नसक्ने फरक फरक धारणाका कारण कुरा मिल्न नसकेको नेताहरूको तर्क थियो ।

खबरपाटी
खबरपाटी