हमासले जीवित रहेका सबै २० बन्धकलाई रेडक्रसको जिम्मा लगायो

हमासले जीवित रहेका सबै २० बन्धकलाई रेडक्रसको जिम्मा लगायो

काठमाडौं –  हमासले जीवित रहेका सबै २० बन्धकलाई रेडक्रसको जिम्मा लगाएको छ । हमासले पहिलो चरणमा सात जना र दोस्रो चरणमा १३ बन्धक रेडक्रसको जिम्मा लगाएको हो ।

बीबीसीका अनुसार, दोस्रो चरणमा जिम्मा लगाइएका १३ बन्धक अहिले इजरायल जाँदै छन् । पहिलो चरणमा रिहा गरिएका सात बन्धक इजरायल पुगिसकेका छन् । 

इजरायली सेनाले पहिलो चरणमा जिम्मा लगाइएका बन्धकको तस्बिर सार्वजनिक गरेको छ ।

हमासले आज बिहानमात्र रिहा गरिने २० बन्धकको सूची सार्वजनिक गरेको थियो । जसमा नेपालका विपीन जोशीको नाम समावेश थिएन ।

द टाइम्स अफ इजरालयका अनुसार, अब हमाससँग कुनै जीवित बन्धक छैनन् । बाँकी २८ जनाको शवमध्ये केही आजै हस्तारण हुनेछ ।

खबरपाटी
खबरपाटी