विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरूसँग बुधबार प्रधानमन्त्री कार्कीले ब्रिफिङ लिने

विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरूसँग बुधबार प्रधानमन्त्री कार्कीले ब्रिफिङ लिने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरूसँग बुधबार ब्रिफिङ लिनुहुने भएको छ।

परराष्ट्र मन्त्रालयको समेत विभागीय जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले पद सम्हालेपछि पहिलो पटक ब्रिफिङ र सरकारको प्राथमिकताको बारेमा निर्देशन दिन लाग्नुभएको हो। सबै राजदूत र नियोग प्रमुखहरूसँग बुधबार दिउँसो भर्चुअल माध्यम मार्फत संवादको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नयाँ सरकार बनेपछि राजदूतहरूसँग संयुक्त रूपमा कुराकानी हुन लागेको हो । परराष्ट्र मन्त्रालयले नेपाल स्थित विदेशी नियोग प्रमुखहरूलाई पनि सरकारको तर्फबाट ब्रिफिङ गर्ने तयारी गरेको छ ।

नयाँ सरकार बनेपछि सरकारका प्राथमिकता र आपसी सहयोग तथा सहकार्यका लागि आग्रह गर्दै ब्रिफिङ गर्ने विगतदेखिकै प्रचलन रहेको छ।

खबरपाटी
खबरपाटी