बालेन साहको प्रतिक्रिया : “जेनजी आन्दोलनको आगो निभाउन महानगरको दमकल रातदिन खटिएको छ”

बालेन साहको प्रतिक्रिया : “जेनजी आन्दोलनको आगो निभाउन महानगरको दमकल रातदिन खटिएको छ”

काठमाडौँ – काठमाडौँ महानगरका प्रमुख बालेन साहले कडा स्पष्टीकरण दिँदो जेनजी आन्दोलनमा लागेको आगो निभाउन महानगरको दमकल रातदिन खटिएको बताएका छन् ।

जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरपालिकाले जलेका संरचनाहरू नजोगाएको भन्ने आरोपको जवाफ दिँदै बालेनले आज सामाजिक सञ्जालमार्फत उक्त आरोप झुटो रहेको पनि दावी गरेका छन्।

मेयर साहले आन्दोलन सुरु भएदेखि २८ गतेसम्म महानगरको सम्पूर्ण संयन्त्र नागरिकको सुरक्षा र भौतिक संरचना जोगाउन रातदिन खटिएको पनि दावी गरे।

उनले आन्दोलनका क्रममा ५५ पटक भन्दा बढी स्थानमा महानगरको दमकल परिचालन भएको र स्वास्थ्यकर्मीको टोलीले घाइतेको उपचारदेखि मृतकको लास व्यवस्थापनसम्मको जिम्मेवारी लिएको पनि उनले बताएका छन् । 

बालेनले भीडले सिंहदरबारमा आगो निभधाउन नदिएको र भित्रै भएको सेनाको दमकललाई समेत जान नदिएको पनि बताएका छन् । उनले भीड कम भएपछि रातदिन खटिएको पनि बताए ।

उनले दमकलले आगो निभाउँदै गरेको भिडियोसमेत राखेर दमकलले आगो निभाएको स्थानबारे जानकारी दिएका छन्। 

उनले भनेका छन्, 'हुँदै नभएका गलत आरोप फैलाउनेहरूलाई एकमुष्टरूपमा सम्बोधन गर्न यो लेख्दैछु।' उनले अब सबै मिलेर देशका लागि काम गर्न पनि आग्रह गरेका छन्। 

खबरपाटी
खबरपाटी