वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्धार

वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्धार

रुपन्देही – अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्धार उडान गरिएको छ।  

नेपाल वायुसेवा निगमको ए ३२० विमान ७६ जना यात्रुसहित दिउँसो ३:४३ बजे भैरहवा अवतरण भएको थियो।

भैरहवाबाट भने विमानले ५:४० बजे एक सय ५७ जना यात्रु बोकेर काठमाडौँ फर्किएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए।

उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुलाई प्राथमिकता दिइएको उनले बताए।

 

 

खबरपाटी
खबरपाटी