बाढी-पहिरो र डुबानका कारण अवरुद्ध विद्युत आइतबारदेखि नै सुचारु हुने : मन्त्री घिसिङ

बाढी-पहिरो र डुबानका कारण अवरुद्ध विद्युत आइतबारदेखि नै सुचारु हुने : मन्त्री घिसिङ

काठमाडौं - ऊर्जा, भौतिक पूर्वाधार एवं शहरी विकासमन्त्री कुलमान घिसिङले बाढी-पहिरो र डुबानका कारण अवरुद्ध विद्युत आइतबारदेखिनै सुचारु हुने बताउनुभएको छ ।

सिंहदरबारमा आइतबाार पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले यस्तो बताउनुभएको हो। केही ठाउँमा विद्युत पोल बगाएको, केही ठाउँमा डुबानका कारण अवरुद्ध विद्युत आइतबारसाँझसम्म सुचारु गराउने गरी काम भइरहेको उहाँको भनाइ थियो । लोडसेडिङ हुनुपर्ने कुनै पनि अवस्था नरहेको पनि उहाँले स्पष्ट पार्नुभएको छ।

पर्याप्त विद्युत जगेडा भएकाले नेपालमा लोडसेडिङ हुनुपर्ने कारण नरहेको उहाँले बताउनुभयो । मन्त्री घिसिङले विद्युतको वितरण प्रणालीमा देखिएको समस्या पनि आइतबारै समाधान हुने बताउनुभएको छ।

खबरपाटी
खबरपाटी