आन्तरिक हवाई उडान आइतबार बिहान शुरु

आन्तरिक हवाई उडान आइतबार बिहान शुरु

काठमाडौँ - निरन्तरको वर्षाले शनिबारदेखि बन्द रहेको आन्तरिक हवाई उडान आइतबार बिहान शुरु भएको छ। त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकुल रहेका स्थानमा आन्तरिक उडान गर्न थालेको जानकारी दिएको छ।

बुद्ध एयर र यति एयरले काठमाडौं भद्रपुर, विराटनगर र पोखराको उडान भरेको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए। अन्य क्षेत्रमा पनि मौसम अनुकुल रहेको जानकारी आएसँगै उडान शुरु गरिएको कार्यालयले जनाएको छ।

अन्तर्राष्ट्रिय उडान शनिबार बेलुकीदेखि नै नियमित छ।

खबरपाटी
खबरपाटी