फिदिमको तमोर नदी नजिक गाडी खस्यो, धेरै यात्रु हताहत

फिदिमको तमोर नदी नजिक गाडी खस्यो, धेरै यात्रु हताहत

काठमाडौं । फिदिमको कात्र्तिकेस्थित तमोर नदी नजिकै यात्रुसहितको जीप तल खस्दा धेरै यात्रु हताहत भएका छन् ।

ताप्लेजुङबाट फिदिमतर्फ आउँदै गरेको यात्रुसहितको जीप फिदिमस्थित कार्तिकेनजिक तमोर नदी नजिकै तल खसेको हो । सडकभन्दा निक्कै तल जीप खसेकाले धेरै यात्रु हताहत भएको बताइएको छ । घटनाको विस्तृत विवरण अहिले आइपुगेको छैन ।

स्थानीयबासीले उद्दारको लागी हेलिकप्टर र एम्बुलेन्स तत्कालै आवश्यक रहेको बताएका छन् ।

खबरपाटी
खबरपाटी