काठमाडौं – आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ ९क्यान०ले शुक्रबार वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिर राखेर टोली घोषणा गरेको हो।
यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो। क्यानका अनुसार साहब आलम ट्राभलिङ रिजर्भ अर्थात् वैकल्पिक खेलाडीका रूपमा रहनेछन्।
टी(२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ। नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ।
नेपाली टोली स्
रोहित कुमार पौडेल ९कप्तान०, दीपेन्द्र सिंह ऐरी ९उपकप्तान०, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी