बडादसैँ टीकाको दोस्रो दिन, हिजो नभ्याउनेहरू आज आशीर्वाद थाप्दै

बडादसैँ टीकाको दोस्रो दिन, हिजो नभ्याउनेहरू आज आशीर्वाद थाप्दै

आज असोज शुक्ल पक्षको एकादशी, दसैँको टीकाको दोस्रो दिन । हिजो मान्यजनबाट टीका, जमरा थाप्न जान नभ्याएकाहरूले आज टीका र जमरासहित आशीर्वाद थाप्ने चलन छ । दसैँको टीका कोजाग्रत पूर्णिमाको दिनसम्म लगाइन्छ । धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ । 

आजदेखि विशेषगरी माइती, मावली, ससुरालीलगायतमा टीका थाप्न जाने चलन छ ।  असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने वडादसैँ आफन्तसँगको भेटघाटका दृष्टिमा पनि उत्तिकै महत्त्वपूर्ण पर्व हो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वेदमणि भट्टराई कसैले विजया दशमीको दिनमात्र टीका लगाउने चलन भए पनि कसैले कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन रहेको भन्दै त्यसलाई अन्यथा लिन नहुने बताउँछन् ।

'पूर्वी र मध्य नेपालमा पूर्णिमाका दिनसम्म टीका लगाइदिने चलन छ । पश्चिम नेपालका कैयौँ ठाउँहरूमा दुर्गा विसर्जन गरेको एक दिनमात्रै टीका ग्रहण गरौँ भन्ने चलन बस्यो । आ–आफ्नै परिवेश अनुसार चलेका चलनलाई अन्यथा लिने कुरा भएन', उनी भन्छन् । 

खबरपाटी
खबरपाटी