घटस्थापनादेखि हालसम्म ५ लाख ५३ हजार २ सय ६१ जना काठमाडौं उपत्यका छाडे

घटस्थापनादेखि हालसम्म ५ लाख ५३ हजार २ सय ६१ जना काठमाडौं उपत्यका छाडे

काठमाडौं -  दशैंको टीका नजिकिएसँगै काठमाडौं उपत्यका सुनसान हुन थालेको छ।

घटस्थापनादेखि हालसम्म ५ लाख ५३ हजार २ सय ६१ जना काठमाडौं उपत्यकाबाट बाहिरिएको नेपाल प्रहरीको तथ्यांक छ।

यो आज बिहान ६ बजेसम्मको नेपाल प्रहरीको तथ्यांक हो। हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म ८५ हजार २ सय चौरासी यात्रुले विभिन्न नाकाबाट काठमाडौं छाडेका छन्। 

यही अवधिमा १७ हजार दुई सवारी बाहिरिएको काठमाडौं  उपत्यका ट्राफिकका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए। 

खबरपाटी
खबरपाटी